नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १९ औ साधारण सभा आज सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवाको वडा नं ५ स्थीत नवयुग एकेडेमिको प्राङगणमा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको प्रमुख आतिथ्यता र अन्जनि कुमार न्यौपानेको अध्यक्षतामा भएको सधारण सभामा अघिल्लो आर्थिक वर्षको आय–व्यय प्रस्तुत गरिएको थियो ।
उत्त कार्यक्रमा वडा नं ५ का वडा अध्यक्ष अन्जनि पोखरेल , पुर्व मेयर खेमराज पोखरेल ,विभिन्न संघ ,संस्थाका अतिथि,संस्थाका लेखा समितिका संयोजक तथा सदस्य ,सल्लाहाकार परिषदका सदस्य ,विभिन्न उप समिती ,विभाग ,समुह परिचालन समितिका पदाधिकारी ,पत्रकार , सम्पुर्ण शेयर धनि एव सहकारी कर्मिहरु , स्वंयमसेवक ,शुभेच्छुक लगाएतको सहभागिता रहेको थियो ।
करिव १५०० जनाको उपस्थीती रहेको उक्त साधारण सभामा अघिल्लो आर्थिक वर्षका उत्कृष्ट बचतकर्ता , असल ऋणी ,उत्कृष्ट बालसन्तती ,उत्कृष्ट सहजकर्ता आदिलाई नुवयुग बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गर्नुका साथै १९ औ वार्षिक साधारण सभामा प्रस्तुत निति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत ,गत आर्थिक वर्ष को प्रगति विवरण र चालु आर्थिक वर्षका प्रस्तावित निति तथा कार्यक्रमहरु को बारेमा समेत जानकारी गराईएको नवयुग बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मेघराज न्यौपानेले जानकारी दिनुभयो ।









