बिहान हुदै साझ पर्यो तैपनि सुरु भएन गच्छदार र भगवतीको मत गणना

बिहान हुदै साझ पर्यो तैपनि सुरु भएन गच्छदार र भगवतीको मत गणना
२५ मंसिर, काठमाडौं। बिहान देखि रोकिएको सुनसरी क्षेत्र नं ३ को मत गणना अझै सुरु हुन सकेको छैन् । हार्ने निश्चित भएपछि बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले मत गणना हुन दिइरहेकी छैनन् । सूरुमा करिब ३ हजार मतले अग्रता लिएकी चौधरीको मतान्तर घटेर १ सय ५४ मा आएको र बिजय गच्छदारको पकेट क्षेत्रको मत गन्न बाँकी भए पछि हार्ने डरले बिबाद निकालेर गणना रोकेकी हुन्।...

जीत पछि मेहता र कोइराला गच्छदार संगको भेटघाटमा

जीत पछि मेहता र कोइराला गच्छदार संगको भेटघाटमा
जीत पछि मेहता र कोइराला गच्छदार संगको भेटघाटमा सुनसरी २ प्रतिनिथि सभा तर्फ नेपाली कांग्रेसका सीताराम मेहता कुल ४१४९५ मत प्राप्त गरी बिजयी हुनु भएको हो त्यसैगरी सुनसरी २ ‘ख’ प्रदेश सभा तर्फ नेपाली कांग्रेसका राजीव कोइराला कुल १७८९२ मत प्राप्त गरी बिजयी हुनु भएको हो।

सुनसरीमा कांग्रेस मजबुत हुदै : राजीव कोइराला बिजयी

सुनसरीमा कांग्रेस मजबुत हुदै : राजीव कोइराला बिजयी
सुनसरी २ 'ख' प्रदेश सभा तर्फ नेपाली कांग्रेसका राजीव कोइराला कुल १७८९२ मत प्राप्त गरी बिजयी हुनु भएको छ। वहाका निकटतम प्रतिद्वन्दी राम प्रसाद मेहताले कुल  १६४७५ मत प्राप्त गर्नुभएको हो। मतगणनाको सुरुवात देखि नै कोइराला र मेहता बिच निकै रोचक प्रतिस्प्रथा भएको थियो अन्तिम परीणाम संगै कोइराला मेहता भन्दा कुल १४१७ बढी मत प्राप्त गर्नु भएको हो।    

अपडेट सुनसरी २ ‘ख’ : राम प्रसाद मेहता ९१ मतको अग्रतामा

अपडेट सुनसरी २ ‘ख’ : राम प्रसाद मेहता ९१ मतको अग्रतामा
प्रदेश सभा अन्तर्गत सुनसरी २ 'ख' को ताजा मत परिणाम सार्वजानिक भएको छ। जस्मा नेपाली कांग्रेसका राजीव कोइराला १२००८ मत प्राप्त गरेका छन भने उहाका प्रतिद्वन्दी एमाले राम प्रसाद मेहता १२०९९ मत प्राप्त गरी अगाडी छन्। यो संगै राम प्रसाद मेहता जम्मा ९१ मतले अग्रता कायम गरेका छन्।  

अबिरमय भए “गरिबके नेता सीताराम मेहता”

अबिरमय भए “गरिबके नेता सीताराम मेहता”
सुनसरी २ प्रतिनिथि सभा तर्फ नेपाली कांग्रेसका सीताराम मेहता कुल ४१४९५ मत प्राप्त गरी बिजयी हुनु भएको छ। वहाका निकटतम प्रतिद्वन्दी डम्बर सुवेदी (हिमाल) ले  ३५३४९ मत प्राप्त गर्नुभएको छ। बिजयी संगै सितारामलाइ विभिन्न माध्यमबाट शुभकामनाको अाइरहेको जानकारीमा आएको छ।

सुनसरी ३ को मतगणना रोकिदा मतगणना स्थल अगाडी के भयो ? (भिडियो)

सुनसरी ३ को मतगणना रोकिदा मतगणना स्थल अगाडी के भयो ? (भिडियो)
प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३ को मतगणना केहि समय अगाडी देखि स्थगित भएको छ। बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे  २९१७१ मत रहेकाे छ । भगवती चाैधरीको १५५ मतले अग्रता रहेकाे छ।  मतगणना रोकिए लगतै मतगणना स्थलको बाहिर पट्टी भिड जम्मा भएको छ। भिडलाइ नियन्त्रित गर्न सुरक्षाकर्मीलाइ हम्मे हम्मे परेको छ।   ...

सुनसरी २ ‘ख मा राम प्रसाद र ३ ‘ख’ मा अगमलालको अग्रता

सुनसरी २ ‘ख मा राम प्रसाद र ३ ‘ख’ मा अगमलालको अग्रता
सुनसरी ३ 'ख' रामदेव यादव - एमाले - ४८६७, अगमलाल चौधरी - कांग्रेस - ६६३२ सुनसरी २ 'ख' राजीव कोइराला - कांग्रेस - ७८६३, राम प्रसाद मेहता - एमाले - ८३११

पुनः भगवती चाैधरी १५५ मतले अग्रता,मतगणना स्थगित

पुनः भगवती चाैधरी १५५ मतले अग्रता,मतगणना स्थगित
प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३ मा पुनः भगवती चाैधरीको १५५ मतले अग्रता रहेकाे छ । बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे  २९१७१ मत रहेकाे छ । मत पत्रमा २० रूपैयाकाे नाेट र केही मतपत्रहरू पाेकाे पारेकाे भेटीए पछी मतगणना स्थगित भएकाे छ । मतगणना स्थलमा  सञ्चारकर्मीहरू लाई फाेटाे तथा भिडियाे लिन पनि प्रतिबन्ध लगा...

रोचक बन्दै सुनसरी ३ : भगवती चाैधरीलार्इ पछि पार्दै बिजय गच्छदारकाे अग्रता

रोचक बन्दै सुनसरी ३ : भगवती चाैधरीलार्इ पछि पार्दै बिजय गच्छदारकाे अग्रता
प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३ मा भगवती चाैधरी लार्इ पछि पार्दै बिजय गच्छदारले अहिले ३२ मतले अग्रता लिएका छन् । कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजय गच्छदारकाे  २७७४४ मत रहेकाे छ भने  बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २७७१२ मत रहेकाे छ ।
trusted online casino malaysia