सुनसरी प्रशासनको आग्रह: भेला भएर होली पर्व नमनाउ
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक ठाउमा भेला भएर होली पर्व नमनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीमा बिहिबार सम्पन्न भएको विपत पूर्व तयारी तथा प्रतिकार्य अद्यावधिकका लागि क्षेत्रगत समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बिभिन्न देशहरुमा देखिएको कोरोना भाइरस यस जिल्लामा समेत फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एक ठाउमा भेला भएर होली पर्व नखेल्न नखेलाउन आग्रह...












