निःशुल्क खाना अभियानमा सहयोगको ओइरो
स्थानीय युवाहरुले इनरुवा बसचौकमा निःशुल्क भरपेट खाना खुवाउने अभियान थालेको एकसाता पुगेको छ ।५७ जना युवाको समुहले व्यक्तिगत एक हजारका दरले रकम संकलन गरी थालेको अभियानमा अहिले सम्म ५ हजार जनाभन्दा बढीले निःशुल्क भोजन गरिसकेका छन् ।गरिब, विपन्न र असहायलाई लक्षित गरी थालिएको अभियानमा सहयोगको ओइरो लाग्न थालेको छ ।प्रारम्भमा तीन दिनको तयारीका साथ सुरु गरिएको अभियानमा सहयोगी दाताहरुबाट साथ र समर्थन जुट्न...












