प्रहरीको जागिर छाडेर दुग्ध व्यवसाय, मनग्य आम्दानी
सोलुखुम्बु । सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक ४०-५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी ...












