पाचँथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाचँथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
पाँचथर । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले मा...

यी हुन खुम्बुको पर्यटन जोगाउने साहसी भरियाहरू

यी हुन खुम्बुको पर्यटन जोगाउने साहसी भरियाहरू
सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुल...

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत
हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम बुधबार उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् । राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको...

भाेजपुरमा आगलागी पीडितलाई राहत वितरण

भाेजपुरमा आगलागी पीडितलाई राहत वितरण
भोजपुुर । भोजपुर नगरपालिका-१२ टक्सारस्थित मालबासेका आगलागी पीडितहरूलाई भोजपुर नगरपालिका, वडा कार्यालय टक्सार र प्रदेश सभा सदस्य विनोद वान्तवाले राहत वितरण गर्नुभएको छ । आगलागी पीडित पाँच परिवारलाई नगरपालिका र वडाको तर्फबाट अस्थायी बसोवासका लागी च्यादर, खानेपानीका लागी धारा जडान तथा हिलटेन्की, विद्युत जडान, खाद्यान्नका लागी चामल, दाल, नुनतेल, साबुन, कपडालगायतको सामग्री वितरण गरिएको छ भने प्रदेश...

जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा दुई घाइते

जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा दुई घाइते
सुन्दरहरैँचा (मोरङ), चैत ५ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनु भयो । घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरुलाई हात्तीले आक्रमण गरेको उहाँको भनाइ छ । जङ्गलमा घाँस काट्ने क्रममा हा...

डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे

डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे
खोटाङ । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायाहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागिरहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रवारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा ग...

रंगेलीमा विद्युत प्राधिकरणको लापर्वाही , लत्रेकाे तार नहटाउदा क्षणभरमै सकीयाे सतार बस्तीका २५ घर

रंगेलीमा विद्युत प्राधिकरणको लापर्वाही , लत्रेकाे तार नहटाउदा क्षणभरमै सकीयाे सतार बस्तीका २५ घर
इटहरी । विद्युत प्राधिकरणको लापर्वाहीका कारण रङ्गेलीमा भिषण आगलागी भएको छ । आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् । शनिबार दिउँसो २ बजे सुरु भएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरीलगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो । यो समयमा २५ घरका कसैले पनि आफ्नो शरीरमा भएको कपडा बाहेक केहि जोगाउन सकेन्न । पीडित गाउँले अहिले गाई फार्ममा रात काटिरहेका छन् । प्रहरीका अनुसार जंगली मुर्मुको ...

मोरङको पथरीमा मध्यराति भिषण आगलागी, एक करोड ५० लाखको क्षति

मोरङको पथरीमा मध्यराति भिषण आगलागी, एक करोड ५० लाखको क्षति
मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गए राति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो नि...

भोजपुरमा आगलागीमा परी खेलिरहेका एकै घरका तीन बालबालिकाको मृत्यु, खुल्यो पहिचान

भोजपुरमा आगलागीमा परी खेलिरहेका एकै घरका तीन बालबालिकाको मृत्यु, खुल्यो पहिचान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा मृत्यु भएका एकै परिवारका तीन बालबालिकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो । गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको ...

जङ्गलको डढेलो बस्तीमा पस्दा भोजपुर टक्सारमा ६ घर जले, आगो नियन्त्रण बाहिर

जङ्गलको डढेलो बस्तीमा पस्दा भोजपुर टक्सारमा ६ घर जले, आगो नियन्त्रण बाहिर
भोजपुर । भोजपुरमा जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दाा ६ वटा घर जलेर नष्ट भएका छन् । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागी भएको हो । शनिबार दिउँसो जंगलबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा सल्किँदा ६ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीसहित स्थानीय बासिन्दाहरू जुटेका छन् । डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहे पनि आगो अझै फैलिइरहे...
trusted online casino malaysia