रुपकुमारी अध्यात्म सेवाद्वारा इटहरीकाे माया घरलाई नगद रू ५० हजार सहित सम्मान

रुपकुमारी अध्यात्म सेवाद्वारा इटहरीकाे माया घरलाई नगद रू ५० हजार सहित सम्मान
इटहरी । लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीले इटहरीको माया घरलाइ नगद रू ५० हजार सहित सम्मान गरेको छ ।काठमाडौंमा हालै सम्पन्न भब्य कार्यक्रा बिच इटहरीको माया घर नेपाललाइ सो संस्थाले नगद सहित सम्मान गरेको हो । मानव धर्मको पथमा रहि अतुलनीय सेवा गरेको भन्दै माया घर नेपाल इटहरीलाइ सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा माया घर नेपाल इटहरी सहित अन्यलाइ प...

माेरङकाे कोलुङ झरना : गर्मी बढेसँगै आन्तरिक पर्यटकहरूकाे भिड

माेरङकाे कोलुङ झरना : गर्मी बढेसँगै आन्तरिक पर्यटकहरूकाे भिड
मोरङ । गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सीमामा रहेको ‘कोलुङ झरना’ हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ ।त्यहाँबाट करिव दुई सय मिटर ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा बाटो छिचोल्दै चुरे पहाडको को...

झापामा वैशाख २८ गतेदखि ३ दिन सम्म एमाले केन्द्रीय कमिटी बैठक बस्ने

झापामा वैशाख २८ गतेदखि ३ दिन सम्म एमाले केन्द्रीय कमिटी बैठक बस्ने
झापा । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो ।उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ...

किमाथाङ्का नाका बन्द भएपछि सङ्खुवासभाको उत्तरी क्षेत्रमा खाद्यन्न अभाव

किमाथाङ्का नाका बन्द भएपछि सङ्खुवासभाको उत्तरी क्षेत्रमा खाद्यन्न अभाव
किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासील...

झापाका किसनालाई राहत उपलब्ध गराउन सराेकारवाला संग सिफारिस

झापाका किसनालाई राहत उपलब्ध गराउन सराेकारवाला संग सिफारिस
झापा । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्‍याएपछि झापाका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । क्षति भएको क्षेत्रफल र सम्ब...

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ
इटहरी ।  सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक...

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गरेको छ । छोटो समयमा न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले झापाको दमक नगरपालिका, इलामको सूर्योलय नगरपालिकासम्म पुगेर अध्ययन अवलोकन गर्दै फर्केको हो । इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विनित कुमारी मेहताको नेतृत्वमा अध...

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली
इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत बाल संरक्षण तथा सुरक्षित समाजका लागि भन्दै र्याली गरेको छ । बालबालिका विरुद्ध हुने हिसाँ विरुद्धको सचेतनाका लागि इनरुवामा र्याली निकालेको हो । बालबालिका बिरूद हुने अपराध तथा रोकथामका उपायहरू विषयक अन्तरकृया पनि ईनरूवाको गोल चोकमा र्याली निकालिएको थियो । बालबालिकामाथि हरेक ठाउँमा हिंसा हुनसक्ने भएकाले त्यस बारेमा सचेत...

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए
इनरुवा। सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् । बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अ...

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ ।उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा ६ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । बैशाख ७ गतेबाट भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।गाउँपालिका अध्यक्ष भोटेका अनुसार गत बैशाख ७ गते ...
trusted online casino malaysia