विराटनगरमा सुरक्षाकर्मीको गाडी दुर्घटना
विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिएको छ। प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।
बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।
घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र ...












