३१ वैशाख। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला समितिको लामो समय देखिको विवाद फेरी बल्झिएको छ । पार्टी नेतृत्वकै कारण नेविसंघको विवाद बल्झदा संगठन कमजोर भएको विद्यार्थी नेताहरु वताउँछन । विद्यार्थीले विद्यार्थीको नेता छान्न नपाउँदा नेविसंघ विवादित र कमजोर हुदै गएको विद्यार्थी नेताहरुको आरोप छ ।

सुनिल शाह , सुन्दर खेवाङ र वशीम अख्तरले आफुलाई सुनसरीको सभापति दावी गदै आएका छन । सुनिलले कार्यवाहक दिएको भन्दै अख्तर सभापति भएको वताउँदै आएका छन । त्यस्तै खेवाङ पार्टी कै सहमतीको आधारमा आफुलाई सभापति दावी गदै आएका छन । पुन सुनिलले मगंलवार आफु सभापति भएको भन्दै कार्यसमिति विस्तार गरे पछि नेविसंघको विवाद थप उत्कर्षमा पुगेको हो । शाह संस्थापन पक्षका हुन भने खेवाङ तान्त्रिक पक्ष हुन ।

२०६५ साल यता नेविसंघ सुनसरी जिल्ला सभापतिको विवाद अहिले सम्म पनि मिल्न सकेको छैन । संस्थापन पक्ष र तान्त्रिक पक्षको विवाद नेविसंघका विद्यार्थीहरुको लागी टाउँको दुखाईको विषय बन्न थालेको छ । सुनसरीमा अहिले तिन जनाले आफुलाई नेविसंघको सभापति दावी गदै आएको भए पनि विद्यार्थीहरुमा भने को हुन नेता ? भन्ने विषयमा अन्योल छाएको नेपाल विद्यार्थी संघ सुनसरीका कोषाध्यक्ष विक्रम घिमिरेले वताए । उनले भने म कोषाध्यक्ष हुँ मलाई सभापति को हो थाहा छैन ।

यता नेपाल विद्यार्थी संघ सुनसरीका उपभापति तथा नेपाली काग्रेस क्षेत्र नम्वर ६ का सचिव रमेश काफ्लेले विवादमा कारण संगठन कमजोर भईरहेको वताए । कजेलहरुमा आ आफ्नै पक्षले कमिटि गठन भईरहेको भन्दै विद्यार्थीलाई को हो नेता ? भन्ने अन्योलमा भएको काफ्लेको भनाई थियो । नेविसंघमा राजनिति गर्नेहरुलाई कतिवटा उच्च मावि र मावि थाहा नपाउँनेहरु जिल्ला नेतृत्वमा रहेको उनको भनाई थियो ।

नेपाल विद्यार्थी संघका सुनसरी सचिब मन्दिप भट्टराईले पार्टीले गरेको सहमती पालना नगर्नेलो विद्यार्थी संगठन कमजोर भएको वताए । विद्यार्थी आन्दोलन विवादकै कारण अगाडी बढ्न नसकेको वताए । उनले भने हामीले एक वर्ष सुनिललाई सभापति मानेका हुँ अहिले हामी सुन्दरलाई सभापति मान्न थालेका छौ सचिब भट्टराईले भने । गुट भन्दा माथि सोच्न नसक्ने हैस्यात नभएका कारण विद्याथीं संगठन कमजोर भईरहेको भन्दै पुराना सहमती पालना गर्नु पर्छ भट्टराईले भने ।

यता आधिकारीक जिल्ला सभापति दावी गदै आएका नेपाली काग्रेसका जिल्ला सदस्य समेत रहेका शाहले भने नेविसंघमा विवाद नभएको भन्दै आफु नै आधिकारी सभापति भएको वताए । म सुनसरीको सभापति हो मेरो कार्यवाहक वशीम खत्तरलाई दिएको हो । सुन्दर खेवाङ उपसभापति मात्र हो सभापति हैन शाहले भने । आफु नै सभापति भएको कारण कार्य समिति विस्तार भएको वताए । केन्द्रिय समितिले आफुलाई नै स्वीकार गदै आएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia