२० जेठ, रविन्द्र साह सप्तरी।राष्ट्रिय प्राथमिक विद्यालय लक्षणपटी विद्यालयका प्रअ प्रभु नारायण यादवलाई एक समारोहबिच बुधबार बिदाई गरिएको छ । विद्यालयका प्रअ प्रभु नारायण यादवको अध्यक्षता तथा समाजसेवी देवी लाल चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा भुपु गाविस उपाध्यक्ष रामनाथ यादव, उमावि पत्थरगाढाका प्रअ देवु प्रसाद यादव, निमावि कुशहा अर्नाहाका प्रअ धर्मदेव साह, निमावि कचनदाहाका प्रअ शिब नारायण यादव, रा.प्रा.वि.का प्रअ धनराज शर्मा, शिक्षक कर्णदेव चौधरी, निमित्त प्रअ बद्री नारायण साह सहितकाहरुले प्रअ यादवले गर्नुभएको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो । शुरुमा ७ लाख ८ हजार ३ सय ५२ रुपैयाँ ९५ पैसा संचित गरेर संचालन गरिएको उक्त विद्यालयका प्रअ यादव रा.प्रा.वि. सिरकजरी सरुवा भएकोले भव्य समारोहबिच बिदाई गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...








