vat sabitri parva

२२ जेठ, रविन्द्र साह सप्तरी।पतिको दिर्घायुको कामना गर्दै शनिबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री पर्व धुमधामका साथ मनाउँदै छन् । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री (बरसाइत) पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ । बट सावित्री पर्व मनाउन शनिबार बिहानैदेखी सप्तरी सदरमुकाम राजविराज स्थित भगवती मन्दिर प्राङ्गणमा रहेको बरको रुखमा पुजा गर्न उल्लेख्य संख्यामा महिलाहरुको भिड लाग्ने गर्दछ ।

यस्तै सदरमुकाम बाहिरका महिलाहरुले पनि बरको रुख तल सामुहिक रुपमा जम्मा भई यो पर्व मनाउँदै छन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia