सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै ‘सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महंगी बढ्छ’भन्ने चर्चा अहिले चलिरहेको छ। यस्तो चर्चा यसअघि पनि कर्मचारीको तलब बढ्दा हुने गर्थ्यो। तर कर्मचारीको तलब बढेपनि त्यस अनुपातमा महंगी नबढ्ने तथ्यांकले देखाएको छ।
तर आर्थिक वर्ष ७१/७२ मा अघिल्लो वर्षको तुलनामा मुद्रास्फिर्ति घटेको तथ्यांकले देखाउँछ। आव २०६८/६९ मा पनि कर्मचारीको तलब ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशतसम्म बढेको थियो। त्यसवर्षको मुद्रास्फीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।








