‘राष्ट्रपति सी निजपिङ चाँडै नेपाल भ्रमणमा आउने’
काठमाडौं / चीनले छिङ्हाई–सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमति अनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन्।
सोही योजना अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीस्वरुप चिनियाँ उच्च सैन्य अपधकारी नेतृत्वको टोली काठमाडौं आएको हो। ‘यद्यपि राष्ट्रपति भ्रमणको यकिन मिति निश्चित हुन बाँकी छ,’ कूटन्िितक स्रोतले भन्यो। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ।








