इलाम, असार ११ / एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन्। अलेच नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए।

‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र हस्की लिएर बस्छन्। अर्कातिर छोराछोरी रक्सी र वाइनमा लठ्ठ हुन्छन्, अनि घरैबाट सुरु हुन्छ अपराध,’ शर्माले इलाममा आयोजित कार्यक्रममा शुक्रबार भने।

नेपालमा बलात्कार, घरेलु हिंसा, सीमा अपराधजस्ता घटना बृद्धि भएको भन्दै शर्माले त्यसको नियन्त्रणमा सबैले सघाउनुपर्ने बताए। उनले अहिले नेपालमा लागुऔषधमा बालबालिकाको संलग्नता पनि बढिरहेको जानकारी दिँदै बालबालिकालाई प्रयोग गरेर पनि अपराध हुने गरेको बताए। अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia