Daijo talim saptari1

असार १२, रविन्द्र साह सप्तरी  । सप्तरी जिल्लाको देउरी गाविसमा दाइजो प्रथा तथा महिला हिंसा विरुद्ध तालिम प्रारम्भ भएको छ । दाइजोको कारण महिलाहरु उपर भइरहेको हिंसा न्यूनिकरण गर्ने उद्देश्यले सीमावर्ती उक्त गाविसमा दाइजो प्रथा तथा महिला हिंसा विरुद्ध चार दिने तालिम प्रारम्भ भएको हो ।

सीमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला विकास समिति सप्तरीको कार्यालयको सहयोग तथा महिला बालबालिका तथा युवा सशक्तिकरण नेपालको आयोजनामा सो तालिम सुरु भएको हो । तालिममा ५० जनाको सहभागीता रहेको संस्थाका अध्यक्ष बौआलाल यादवले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साह, ग्रामिण जागरण समाज उत्थान संघकी अध्यक्ष ललिता मण्डल, कृषि प्रशिक्षक अनिल मेहता, लगायतले समाजका लागि दाइजो अभिषाप बन्दै गएकोले यसको न्यूनिकरण गर्नु पर्ने बताउनुभयो ।

Daijo talim saptari

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia