काठमाडौ । चीनले अनुदानमा दिएका दुई जहाजको आम्दानीले बिमा शुल्कसमेत तिर्न नपुग्ने भएको छ ।गत आर्थिक वर्षमा चिनियाँ जहाजबाट १४ करोड १० लाख ३० हजार आम्दानी गर्दा बिमाबापत २२ करोड ९३ लाख रुपैयाँ बुझाएको छ ।अघिल्लो वर्ष ९ करोड २२ लाख आम्दानी गर्दा १६ करोड ३४ लाख बिमाबापत बुझाएको थियो ।
नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले प्राप्त गरेको यी दुई जहाज ग्राउन्डेड हुँदाभन्दा उडान गर्दा बढी घाटा बेहोर्नुपरेकोअवस्था देखिएको छ ।
दुई जहाजमध्ये वाई–१२ ई जहाज विगत ९ महिनादेखि ग्राउन्डेड छ भने एम–६० जहाज पनि बेलाबखत ग्राउन्डेड हुने गरेको छ ।एक सातादेखि ग्राउन्डेड हुने निगम स्रोतले जनाएमो छ ।चिनियाँ पार्टपुर्जा नदिने र सिदए पनि मंहगो मुल्य लिने तथा ढिलो गरी पठाइदिने गरेका कारण समस्या परेको हो । आजको कारोबारमा समाचार छ ।








