beautiparlor training

१३ असार,बृजमान तामाङ बिरेन्द्र बजार। (प्रतिनिति तस्विर) आदिवासी जनजाती महिलाहरुलाई लक्षित गरी सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित वडा कार्यालयमा सोमवारदेखी ब्यूटीपार्लर सम्बन्धी ७ दिने आधारभुत तालिम सञ्चालन गरेको छ ।

कञ्चनरुप नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद कञ्चनरुप तथा नमस्कार बचत तथा ऋण सहकारी संस्था कञ्चनरुपको संयुक्त आयोजनामा तालिम सञ्चालन गरेको हो । नेपाल आदिवासी जनजाती नगर समवन्य परिषद कञ्चनरुपका अध्यक्ष बन्सी चौधरीको अध्यक्षतामा आयोजित तालिमको नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका उपाध्यक्ष कुमार मान श्रेष्ठ र कञ्चनरुप नगरपालिका कार्यालयका सामाजिक विकास अधिकृत राजेश कुमार यादवले एक कार्यक्रमको बीच संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरे ।

तालिमले आदिवासी महिलाहरुलाई आत्मानिर्भर बनाउने विश्वास ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष श्रेष्ठले तालिम अबधिभर ध्यानपुर्वक सीप सिक्न सहभागीहरुलाई आग्रह गरे । कार्यक्रमका बिशिष्ट अतिथि यादबले सरकारले पछाडि परेका समुहको आर्थिक अवस्था सुधार्ने उदेश्यले कार्यक्रम ल्याएको जानकारी दिए ।आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले तालिम औपचारिकता पुरा गर्नको लागी मात्र नभई परिणममुखी बनाउनु पर्नेमा जोड दिए ।

संचारकर्मी उत्तम आचर्यले आदिबासी महिलाहरुकलाई उद्यमी बनाउन क्षमता बिकास गर्न तालिम सहयोगी हुने बताए । आदिबासी जनजाती महासंघ सप्तरीका सदस्य दिनेश भुजेलले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा स्वागत नमस्कार बचत तथा ऋण सहकारी संस्था कंचनरुपका प्रबन्ध सञ्चालक भोजदेब चौधरीले गरे ।

तालिममा कञ्चनरुप नगरपालिका क्षेत्र अन्तर्गतका थारु, धानुक, मगर, तामाङ, नेवार, राई, भुजेल जातीका गरी ३३ जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia