
१४ असार, राजविराज । सप्तरीको औरही गाविसमा मंगलबार तीन दिने सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी तालिम प्रारम्भ भएको छ ।सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला विकास समिति सप्तरीको सहयोग तथा महिला बालबालिका तथा युवा शसक्तिकरण नेपालको आयोजनामा उक्त तालिम प्रारम्भ भएको हो ।
संस्थाका अध्यक्ष बौवा लाल यादवको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासमानको प्रमुख आतिथ्यमा आयोजित उदघाटन समारोहमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धीरेन्द्र प्रसाद साह, स्थानीय चुल्हाई मण्डल लगायतले विचार व्यक्त गर्नुभएको थियो ।









