१५ असार, रविन्द्र साह सप्तरी। सामुहिक रुपमा धान रोपाई गरि आज सप्तरीमा पनि राष्ट्रिय धान दिवस २०७३ मनाईएको छ । रुपनी कृषक समुहको समन्वयमा जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका १ स्थित खोक्सर प्रवाहामा सामुहिक रुपमा धान रोपाई गरि धान दिवस मनाईएको हो ।

खोक्सर प्रवाहामा आयोजित कार्यक्रममा बक्ताहरुले धान उत्पादनमा बृद्धि ल्याउन जल, मल र बिउमा किसानको पहुँच आवश्यक भएको बताएका छन् । जिल्ला कृषि विकास कार्यालय सप्तरीका अध्यक्ष भगिरथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी प्रदीप बहादुर सिंह यादवले जल, मल र बिउमा किसानको पहुँच नभएसम्म मुलुक धानमा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादव, जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत बिद्यासागर यादव, बाली संरक्षण अधिकृत दिनेश प्रसाद यादव, कृषि प्रसार अधिकृत रोसन मेहता, सुब्बालाल मण्डल लगायतले धान दिवसको महत्व बारे बोल्नुभयो । कार्यक्रममा सहभागिहरुले खोक्सर प्रवाहास्थित किसानको खेतमा धान रोपाई गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia