13563113_10209795977596079_1131868370_n

असार १७ इनरुवा/२० दिन अघि देखि जारी इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको २३औं दिन सुनसरी सदरमुकाम इनरुवामा इफतार कार्यक्रमको आयोजना गरिएको छ ।

13578724_10209795979916137_152628666_n
इनरुवाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश नम्वर १ सदस्य खेमराज पोखरेलको आयोजनामा सम्पन्न सो इफतार कार्यक्रममा एक सय बढी भक्तालुहरुको सहभागिता रहेको थियो ।

13566024_10209795984236245_1076180649_n
साँझ ६ः५७ बजेको मगरिफ अजानसँगै सुरु भएको इफतारमा विभिन्न परिकारका खानेकुराहरुको सामूहिक भोजन गराइएको थियो । आपसी सद्भाव र भाइचार कायम गर्ने उद्येश्यसाथ कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल सुनसरीका सचिव पुकार पोखरेलले जानकारी दिए । कार्यक्रम अन्यत्र समेत आयोजना गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia