राजबिराज / ३३ वर्षअघि भएको जारी मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन्। जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालमौ पक्राउ परेका घोघनपुर-२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाको छ।
जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर-२ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई  बिहीबार पक्राउ गरेको हो। उनीहरु दुवैजनामाथि अदालतले ३२ वर्षअघि जनही एक हजार जरिवाना र एक महिना कैद सजायको फैसला गरेको थियो।
पश्चिमी कोसी नहरमा मिस्त्री काम गर्ने मियाँले जनमजदुरी गर्ने बाँतरनीलाइ ०४० साउन १ गते श्रीमती बनाइ भगाएका थिए। घटनाबपछि बाँतरनीका पहिलो श्रीमान श्यामसुन्दरका तर्फबाट वारे भइ उनका बुबा खप्सु सरदारले सम्पत्तिसहित अर्काकी श्रीमती भगाउने र भाग्नेलाई कारबाहीको माग गर्दै २०४० साउन २ गते जिल्ला अदालतमा जारी मुद्दा दर्ता गराएका थिए।
प्रहरीले फैसला भएको ३२ वर्षपछि उनीहरुलाई घरबाटै पक्राउ गरी कारागारमा थुनामा पठाएका हुन्। उनीहरुले जरिवानास्वरुप एकहजार तिरेका छन् भने एक÷एक महिना कैद भुक्तान गर्न कारागारमा थुनिएका छन्। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia