Chinnamasta bhagwati sakhada sapatari

१८ असार, रविन्द्र साह। “राष्ट्र शान्ति र मानव कल्याण”को ध्येय लिई सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरी सखडापीठमा अगामी २०७३ चैत्र नवरात्रामा आयोजना हुने आयोजकले जनाएको छ ।

नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञ तयारीको क्रममा शुक्रबार जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित एक बृहत् बैठकमा सो कुराको जानकारी दिनुभएको हो । महायज्ञ समितिका संयोजक तथा सखडापीठका पीठाधीश महाकान्त ठाकुरको अध्यक्षतामा भएको बैठकले यही असार ३० गते प्रारम्भ हुने रथयात्रा गर्ने जानकारी दिनुभयो ।

सो बैठकमा नि. प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सगरमाथा अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकाल, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश कुमार चौधरी, लालापट्टी गाविसका निवर्तमान अध्यक्ष निर्मल कुमार यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनील कुमार झा, आयोजक समितिका रामकुमार यादव, विनोद कुमार यादवलगायतले आआफ्नो विचार राख्नुभयो ।

बैठकमा पीठाधीश ठाकुरले महायज्ञको औचित्य, आवश्यकता, स्वरूप, हालसम्म भएका तयारी तथा भावी कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभएको थियो । श्री लक्षचण्डी रुद्र महायज्ञ नेपालमै पहिलो पटक हुन लागेकोले यो महायज्ञ आयोजक जिल्ला सप्तरीका लागि विशेष जिम्मेवारीको भए पनि महायज्ञमा मुलुकका ७५ रै जिल्लाको सहकार्य र सहयोग अपरिहार्य भएकोमा बैठकले जोड दिनुभयो ।

नेपालका प्रथम जगतगुरु चतरापीठका प्रमुख बालसन्त मोहनशरण देवाचार्यजी महाराज तथा काशीपीठका स्वामी सुबोधानंद गिरीजी महाराजको सानिध्यमा २०७१ चैत ३० गते सखडापीठमा सम्पन्न बैठकले श्री लक्षचण्डी रुद्र महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । महायज्ञमा नेपाल र भारतका गरी दुई करोड भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia