१८ सप्तरी, रविन्द्र साह।निर्वाचन आयोगले सप्तरीको सामुदायिक र नीजि गरि दुई विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार घुम्ति निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिएको छ ।

निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्यालले सप्तरीको बोरियास्थित नरेन्द्र मेमोरियल मावि र राजविराज ९ स्थित पिसजोन बोर्डिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिनुभएको हो ।

आयोगका उपसचिव अर्यालले विद्यार्थीहरुलाई नेपालको नयाँ संविधानमा निर्वाचन आयोगको भूमिका तथा निर्वाचन सम्पन्न गराउने प्रक्रिया बारे जानकारी दिनुभयो । उहाँले नयाँ संविधानमा उल्लेख भए अनुसार गाउँपालिका, नगरपालिका, प्रदेशिक र केन्द्रिकृत निर्वाचन बारे जानकारी समेत दिनुभयो ।

यस्तै सो कार्यक्रममा आयोगकी ममता श्रेष्ठले धुम्ति निर्वाचन शिक्षाको उद्देश्य र उपयोगिता बारे प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रममा पिसजोन बोर्डिङ स्कुलका प्रअ हरिशचन्द्र प्रसादले विद्यार्थीहरुका लागि निर्वाचन शिक्षा अत्यन्त आवश्यक रहेको भन्दै निर्वाचन आयोगले विद्यार्थीहरुलाई दिएको शिक्षाप्रति आभार प्रकट गर्नभयो ।

यसअघि उपसचिव अर्यालले शुक्रबारै जिल्लाको बोरिया गाविसस्थित नरेन्द्र मेमोरियल माविका विद्यार्थीहरुलाई धुम्ति निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिनुभएको थियो । दुबै कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकृत महेश ठाकुर समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia