moja shocks

१८ असार। सामान्यतः हामीहरु सुत्ने बेलामा मोजा खोल्छौं । तर मोजा लगाएर सुत्नुको फाइदा पनि छ । मोजा लगाएर सुत्नुको अर्थ हो, खुट्टाको हेरविचार गर्नु । के–के छन् फाइदा ?

 खुट्टा फुट्दैन
मोजा लगाएर सुत्नुको सबैभन्दा ठूलो फाइदा कुर्कुच्चा नफुट्नु हो । यसबाट खुट्टा नरम हुन्छ । बिहान उठ्नेबित्तिकै खुट्टा सुख्खा हुन्छ । त्यसैले सुख्खा हुनबाट बचाउन पनि मोजा लगाउनुपर्छ ।
खुट्टामा न्यानोपन कायम रहन्छ 
अधिकांश मानिसको खुट्टा सुतेपछि चिसो हुन्छ । यस्तो समस्या छ भने मोजा लगाएर सुत्यो भने खुट्टा न्यानो रहन्छ ।

पसीना आउँदैंन
धेरै मानिसहरु खुट्टामा पसिना आउने समस्याबाट पीडित हुन्छन् । यस्तो स्थितिलाई हाइपरहाइडोसिस भनिन्छ । यस्तो छ भने मोजा लगाएर सुत्नु फाइदाजनक हुन्छ ।

इन्फेक्सनबाट बचाउँछ
मोजा लगाएर सुत्नाले खुट्टा फोहोर र ब्याक्टेरियाबाट मुक्त रहन्छ । यसबाट खुट्टामा विभिन्न खालका संक्रमण हुनबाट बच्न सकिन्छ ।

खुट्टाको समस्या निको हुन्छ
खुट्टामा शरीरको पूरै भार पर्छ । यसका कारण यो अंगमा विभिन्न समस्या पनि निम्तन सक्छन् । सानो लापरवाहीले पनि  गम्भीर समस्या निम्तन सक्छ । त्यसैले खुट्टाका यस्ता समस्याबाट बच्न पनि मोजा उपयुक्तहुन्छ । स्वास्थ्य खबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia