एजेन्सी, १८ असार । ‘पोर्नस्टार’ बाट बलिउडमा प्रवेश गरेकी सनी लियोन केही दिन अघि मात्र नेपाल आएकी थिइन् ।   लियोन एक कार्यक्रममा भाग लिन नेपाल तेस्रो पटक आएकी हुन् । उक्त कार्यक्रममा सनी लियोनलाई हेर्न पाउँ भन्दै थुपै्रले भाग लिएका थिए । उनको सौन्दर्यताबाट मोहित नहुने शायदै कोहि होलान । आखिर लियोन किन यति सुन्दर देख्छिन् ? कसरी उनी आफुलाई ‘मेन्टेन’ गर्न सकेकी छन् ? भन्ने जिज्ञासा सबैलाई हुनसक्छ ।  पक्कैपनि उनको शरीर निकै आकर्षक देखिन्छन् । जसले पुरुषहरु उनीमाथि निकै आकर्षित हुन्छन् । छोटो समयमा बलिउडमा उचाई छोएकी लियोनले आफ्नो सौन्दर्यताको रहस्य यसरी खोलेकी छन् ।

Sunny jim

जीम

सनी एक हप्तामा तीन दिन जिममा समय बिताउँछिन् ।  ‘जीमकै कारण म स्वस्थ छु ।’ उनी भन्छिन्, ‘अल्छी मानिसको शत्रु हो, शारीरिक अभ्यास गर्न कन्जुस्याई गर्नु कदापी गर्नुहुँदैन ।’

sunny yoga

योग

नियमित योगले मानिसको सौन्दर्यतामा निखार आउँछ भन्नेमा म विश्वास गर्छु । योगले शरीर मात्र स्वस्थ नभई मानसिकरुपले स्वस्थ हुन्छ । योगकै कारण आफूलाई सकारात्मक उर्जा प्राप्त हुने गरेको उनले बताइन् । ‘म बिहानको समयमा २० मिनेट योगमा समय बिताउँछु, आफ्नो दैनिकी योगबाट नै सुरु हुन्छ, सबैलाई योग गर्न मेरो सल्लाह पनि छ ।’–लियोनले भनिन् ।

Sunny diet

डाइट

उनी प्रत्येक दिन नरिवलको पानी पिउँछिन् । खाजामा ‘फ्याट’ बिनाको दुध पिउन मन पराउँछिन् उनी । उनले ‘ताजा तरकारी’ र ‘जंक फुड’ खान निके मन पर्ने बताइन् । खानामा लियोनले १०० ग्राम क्यालोरिको मात्रा लिन्छिन् । आफुलाई सँधै स्वस्थ राख्न शारीरिक अभ्यास र डाइटमा विशेष ध्यान दिन सक्नुपर्ने आफ्ना प्रशंसकहरुलाई सुझाव दिइन् ।  हाम्रो डक्टरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia