काठमाण्डाै / त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ। विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो। आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खब छ ।









