काठमाण्डाै । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ। यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख रहेको छ ।
गुणस्तरमा सुधार, नियन्त्रित उत्पादनमूलक प्रक्रिया र मर्मत खर्चमा आएको कमी जस्ता कारणहरुले यो क्षेत्रको सम्भावना अझ बढेको अध्धयनमा उल्लेख छ ।जसमध्ये ३५ प्रतिशत उद्योगमा ५० भन्दा कमले काम पाएका छन् भने १४ प्रतिशतमा २ सयभन्दा बढीले काम गर्छन् । यस उद्योगको औसत क्षमता ८५ प्रतिशत मात्रै उपयोग भएको छ । आजको कारोबार दैनिकमा खबर छ।








