काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ । पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर प्रश्नगर्दै मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो ।
पर्यटनमन्त्री आनन्द पोखरेलले सचिवको आग्रहमा चिनियाँ जहाज खरिदको प्रस्ताव निर्णयका लागि गत फागुनमा मन्त्रिपरिषद लगेका थिए । मन्त्रिपरिषद अन्तर्गतको समितिले सचिवस्तरबाट हुने निर्णय यहाँ किन पठाएको भन्दै प्रश्न गरेको छ ।
तर सचिवले यो विवादित विषयमा आफूले निर्णय गर्न नसक्ने बरु सरुवा हुनेसम्मको जवाफ मन्त्रिपरिषदलाई जवाफ दिएका थिए ।आजको कारोबार दैनिकमा खबर छ ।









