काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तराष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको जानकारी दिए ।
सोही प्रस्तावलाई सञ्चालक समितिले सैद्धान्तिक सहमति दिएको कंसाकारले जानकारी दिए । निगमको एउटा बोइङ जहाज बिक्री गर्ने सैद्धान्तिक निर्णयलाई आवशयक प्रक्रियामा लैजान भने बाँकी रहेको कंसाकारले भनाइ छ । निगमले करिब तीन दशकदेखि नियमित सञ्चालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने नियमित उडानमै छ ।
एउटा बोइङ र दुईवटा एयरबस सञ्चालन गर्दे आगमी १८ महिनाभित्रमा नै अर्को दुईवटा वाइडवडी जहाज खरिदज गरिसक्ने योजनालाई प्राथमिकता दिएर निगमले एउटा बोइङ बिक्री गर्ने निर्णय गरेको छ ।आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।








