२६ असार, रविन्द्र साह। राष्ट्रिय सहकारी बैंकको १४ औं स्थापना दिवसको अवसरमा शनिबार राजविराजमा बैंककै कार्यालयमा एक अन्तरक्रिया गरिएको छ । बैंकका ब्यवस्थापन समिति संयोजक विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित अन्तरक्रियामा विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संयोजक मण्डलले विश्वका धेरै मुलुकहरुले सहकारीका माध्यमबाट गरिवी न्युनीकरण गर्दै देशको आर्थिक विकाशमा उल्लेखनिय योगदान गरेकाले नेपाल जस्तो न्युन आर्थिक वृद्धिदर भएको मुलुकले गरिवी न्युनिकरणका लागी सहकारीले व्यवसायिक प्रयोगमा जोड दिनु पर्ने बताउनुभयो ।

सहकारी संघ संस्थाको प्रवद्र्धन विकाश र वितिय आवश्यक्तालाई परिपुर्ति गर्ने उद्देश्यले सहकारी विभागमा २०६० साल आषाढ २५ गते सहकारी क्षत्रको एक मात्र बैंकको रुपमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना भएको थियो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना स्थापनाका उद्देश्य अनुकुल यस जिल्लाका सहकारी संघ संस्थाहरुको पनि प्रवद्र्धन, विकास र वित्तिय आवश्यतालाई परिपुर्ति गर्नका लागि २०७० मंसिर १७ गते ३४औं शाखाको रुपमा यस जिल्लाको सदरमुकाम राजविराजमा शाखा विस्तार गरेको छ भने जिल्लाका सहकारी संस्थाहरु मध्ये १६० वटा भन्दा बढि सहकारी संस्थाहरु आवद्ध भई निक्षेप जम्मा तथा आवश्यता अनुसार धितो कर्जा एवम् विना धितो कर्जाको सेवालिई आ–आफ्नो संस्थाहरुबाट आ–आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरिराखेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia