२६ असार, रविन्द्र साह। सप्तरीको झुटकी गाविसकी महिलाहरु बाँसको मुढा बनाउँने कार्यमा लागिपरेका छन् । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा समाज सशक्तिकरण संघ नेपाल लालापट्टिको आयोजनामा झुटकी गाविसमा संचालित १५ दिने बाँसको मुढा बनाउने तालिममा सहभागि स्थानीय महिलाहरु बाँसको मुढा बनाउँन लागिपरेकी हुन ।

स्थानीय बविता कुमारी यादव भन्छिन यसअघि आफुसित कुनै सीप नभएकै कारणले दिनभरी त्यत्तिकै घरमा बसेर समय खेर गर्दै आएको थिए, तर जुन दिनदेखि गाविसमै उक्त बाँसको मुढा बनाउने तालिम शुरु भएपछि आफु दिनरात मेहनत गरेर बाासको सीप सिक्नमा व्यस्त रहेको बताईन ।

त्यस्तै तालिममा सहभागि अर्का महिला सुनिता देवी भन्छिन, “यसअघि आफुहरुसित कुनै सीप नरहेको तथा अब यो बाँसको मुढा बनाउने सिप सिकाउन गाउँमै आएपछि आफुहरु मेहनत साथ उक्त सिप सिक्नमा लागिपरेका छौं ।” सीप सिकेपछि घरमै बसेर दुई चार पैसा आर्यआर्जन समेत गर्न सकिने विश्वासका साथ त्यहाँका करिब ३० जना महिलाहरु बाँसको मुढा बनाउने तालिम लिदै आएको तालिमकी प्रशिक्षक अनिता यादवको कथन रहेको छ ।

त्यहाँका बेरोजगार तथा घरको आर्थिक अवस्था कमजोर रहेका महिलाहरुको उत्थान गरी गाउँमै गएर बाँसको मुढा बनाउने तालिम दिईरहेको समाज सशक्तिकरण संघ नेपालका अध्यक्ष धिरज कुमार पण्डितको भनाई छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia