पोर्न फिल्म हेर्ने मामिलाबारे गरिएको एक अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ । बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए ।
यस्तो किन हुन्छ ?
यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नाेग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विहेपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्सुअल फंतासी नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए । अर्काे तर्फ महिलाहरुलाई विहेपछि सामाजिक कलंक वा अन्य कुनै प्रकारको डर नहुने र घरमा दिनभरी एक्लै तथा खाली हुने भएकाले धेरै पोर्न फिल्म हेर्ने गरेको पाइएको सोधकर्ताहरुले बताए । जुमएनपीबाट









