काठमाडौं । प्रतयेक नेपालीले वर्षमा औसत ६४ लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ ।
राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ । मुलुकभर वर्षमा उत्पादन भएको दूधलाई जनसंख्याले भाग गरी आएको आकडाका आधारमा प्रतिव्यक्ति दुग्ध उपभोगको तथ्यांक तयार पारिएको हाे।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन ले भने स्वस्थ्य व्यक्तिले ९२ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ । नेपाली खाद्य आहारका आधारमा सरकारले भने वर्षमा ५७ लिटर मात्र उपभोग गरे पुग्ने मापदण्ड तय गरेको हो ।आजको कारोबार दैनिकमा खबर छ ।









