काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ ।हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु हुन सकेको छैन ।
एनआईडीसी डेभलेपमेन्ट बैंकमा हिमाल सिमेन्ट कारखानाको नाममा रहेको २६ करोड ऋणमध्ये १३ करोड रुपैयाँ मेसिनरी सामान लिलामी बिक्रीबाट उठाउने योजना छ । यस्तै थप १३ करोड भुक्तनी गरी हिमाल सिमेन्टको जग्गा सरकारले आफ्नो नाममा ल्याएको थिया । बस्नेतले भने तर अहिलेसम्म कुनै काम पनि भएको छैन । सुख्ख्ाा बन्दरगाह विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो ।आजको कारोबार दैनिकमा खबर छ ।








