इनरुवा साउन २ /जिल्ला कृषि बिकास कार्यालय सुनसरीले आर्थिक वर्ष २०७२।०७३मा संचालन गरेका योजनाहरुबारे जिल्लास्ति राजनैतिक दलका प्रतीनिधीहरुलाई अनुगमन गराएको छ ।
कार्यालयले वर्षभर संचालनमा ल्याएका योजनाको पारदर्शिताका लागि दलिय प्रतीनिधी र सरोकारवालाहरुलाई जानकारी गराएको हो ।
कार्यालयले शुन्य खनजोत प्रविधि प्रर्दशन तथा बीउ बीजन आत्मनिर्भर कार्यक्रम, बृहत्तर मतस्य पालन, व्यवसायिक मौरी पालन, युवा लक्षित तरकारी कार्यक्रमका साथै साना सिचाई तथा सहकारी खेती कार्यक्रम बारे जानकारी गराएको हो ।
अनुगमनका क्रममा दलीय प्रतिनीधिहरुले अनुदानमा संचालित कार्यक्रमहरु सन्तोषपद देखिएको प्रतिकृया दिएका छन् ।कार्यालय प्रमुख डा.रविन्द्रनाथ चौबेले किसान लक्षित कार्यक्रम पारदर्शिताका साथ संचालन गरिएको भन्दै प्रमाण सहितका गुनासाहरु आए सम्बोधनको पाटोमा कार्यालय सदैव तयार रहेको जानकारी गराउनुभयो ।









