काठमाडौं । चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो । चीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो ।
उनका अनुसार कोइला प्रशोधन गरेर निस्कने कोलटारको एक प्रकारको तरल अवस्थाको वायो प्रोडक्ट र अन्य १४ प्रकारका रसायन मिसाएर पेट्रोलको उत्पादन गरेकाले सोही विषयमा अध्ययन गर्ने नेपाली टोली साताव्यापी भ्रमणमा चीन गएका थिए । चीनले उपलव्ध गराउने कच्चा पदार्थ र प्रविधिको सहयोगमा नेपालले पेट्रोल उत्पादन गर्न सक्ने पन्तले जानकारी दिए । वैकल्पिक उर्जाको रुपमा रहेको यो पेट्रोल हलुको रंगको हुन्छ । चलन चल्तीमा रहेको अन्य इन्धन भन्दा यो प्रविधिको इन्धन चीनमा प्रतिलिटर एक रुपैयाँ सस्तो पनि छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।








