पाकिस्तानी मोडल कन्दील बलोचको हत्या गर्ने उनका भाइलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पछि हत्यारा भाइले आफ्नो अपराध कबुल गरेका छन् ।
प्रहरीसँगको बयानमा उनका भाइले आत्मसम्मानका लागि कन्दीलको हत्या गरेको बताएका छन् । कन्दीलको फेसबुक पोस्ट र विवादीत भिडियोका कारण आफू तनाबमा रहने गरेको उनले बताए ।
कन्दीललाई उनको भाइले यसअघि पनि सामाजिक संजाल फेसबुकबाट हट्न पटक–पटक धम्की दिने गरेका थिए । साथै उनलाई परिवारबाट मोडलिङ छाड्न समेत दबाब आउने गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।









