काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चिया भारतमा बिक्री प्रतिबन्ध लगाउन त्यहाँका व्यापारीले माग गरेका छन् ।नेपालका चिया भारतमा खुला बिक्री हुँदै आएकोमा यसका रोक लगाउनुपर्ने माग त्यहाँका चिया व्यापारीले गरेका छन् । यसले नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ ।
भारतीय व्यपारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि दार्जलिङको चियाका रुपमा बिक्री गर्ने गरिएको छ । उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण अर्गानिक नभएको दाबी गरेका छन् ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।









