११ साउन, रविन्द्र साह। (प्रतिनिथि तस्विर) सशस्त्र प्रहरी बल वेश क्याम्प कुशहाले सुरक्षा व्यवस्था कडा परेपछि खुल्ला सिमाका कारण भन्सार छली ल्याउदै गरेको ठुलो मुल्य बराबरको सरसमान पक्राउ गरेका छन् ।
तस्करले सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु छल्दै ल्याउदै गरेको २७ हजार २ सय ५६ रुपैया मूल्य बराबरको अबैध किराना सरसमानहरु बिषेश सुराकीको अधारमा धाति सडक खण्डबाट बरामद गरेको सशस्त्र प्रहरी बल वेश क्याम्प कुशहाका सशस्त्र प्रहरी निरिक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिनुभयो ।
बरामद गरिएको सरसमान भन्सार कार्यालय राजबिराजमा बुझाएको निरिक्षक सिग्देलले जानकारी दिनुभयो । तस्करी बढेको व्यापक जन गुनासो बढेपछि सशस्त्र प्रहरी बल वेश क्याम्प कुशहाले सुरक्षा व्यवस्था कडा परेका हुन् ।








