grandi dhad bangiyeko operation१२ साउन। काभ्रे जिल्लाकी आठ बर्षकी निमा लामाको बाङगो ढाडको सफल उपचार गरिएको छ । मंगलबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको बाङ्गो ढाडको सफल उपचार गरिएको हो ।

अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा बिनोद बिजुक्छेको टोलीले ले निमाको  ढाडको शल्यक्रिया गरेका थिए । उनले निमा ढाडको बाङ्गोपना जन्मसँगै शुरु भएको  र यसलाई चिकित्सकिय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने बताए ।पाँच बर्ष भन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ ।

निमामा यो समस्याले उनको फोक्सोको बिकासमा असर प¥याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेर सँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जिवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाई छ ।

उनले  भने—‘‘यस समस्याको उपचारमा बिशेष गरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो ।, बच्चाको उचाई बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यस सँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाँउ पाउँछ र सबैभन्दा प्रमुख कुरा उसको जीवन सहज बनाउनु हो ।’’

निमाको उपचारमा डा बिनोद बिजुक्छेसँगै डा जाबेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारीले साथ दिनु संलग्न थिए ।यस्तो किसिमको शल्यक्रिया नेपालमै पहिलो भएको अस्पतालले दावी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia