काठमाडौं, साउन १४ / सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन्। सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ। विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य दु्रतगतिमा अघि बढेको बताए। ‘उत्तर जोड्ने नाकाकेन्द्रित सडक निर्माणका काम द्रुतगतिमा अघि बढेका छन्। बाधा अवरोध नआए अबको दुई वर्षभित्र उत्तरी नाका मुलुकको सडक सञ्जालमा जोडिनेछन् । यसले विकासको नयाँ ढोका खोल्नेछ,’ उनले भने।
ट्रयाक अवको डेड वर्षभित्र खनि सकिनेछ। त्यस लगतै उक्त सडक दुई लेनको हुने गरि कालो पत्रे गरिनेछ।स्याफ्रुवेशी-रसुवागढी सम्मको १६ कि.मि. सडक खण्ड भने चिन सरकारले निर्माण गरिदिने छ। यसका लागि चिनियाँ सरकारबीच सहमति भइसकेको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।








