belbari bidhut pradhikaran electricity

२१ साउन, नरेन्द्र बस्नेत बेलबारी । नेपाल बिद्युत प्रधिकरण वितरण केन्द्र वेलवारीमा राजश्व संकलन भन्दा दोब्बर बढी बक्यौता देखिएको छ ।
कर्मचारीको लापरवाहीका कारण राजश्व भन्दा बढि बक्यौता देखिएको हो ।

विद्युत प्रधिकरण वितरण केन्द्र वेलवारीले आर्थिक बर्ष ०७३-०७४ मा ३६ करोड ५८ लाख ३८ हजार ६६ रुपैया बक्यौता देखाएको छ । कार्यालयले ताकेता गर्न नसक्दा ३६ करोड भन्दा माथि बक्यौता उठन बाँकी देखिएको छ । विद्युत महसुल नवुझाएको ६० दिन भित्रमा लाईन काट्ने नियम भएपनि कार्यालयले बिद्युत महसुल नवुझाउनेको लाईन काट्न सकेको छैन ।

कर्मचारी अभाब भएकै कारण भनेजति बक्यौता उठउन नसकिएको कार्यालयको भनाई रहको छ । कर्मचारी अभावकै कारण करोडौँ रुपैँया राजश्व उठेको छैन । करोडौँको राजश्व संकलन नभएपनि कार्यालयले ताकेता गत आबमा समेत गरेको देखिएको छैन । केहि सरकारी कार्यालयले समेत बिद्युत महसुल समयमै बुझाउने गरेका छैनन ।

महसुल नबुझाए पनि कारबाही गर्ने निकाय भने फितलो भईरहको छ । कर्मचारी अभाब भएको भए किन बिभागले कर्मचारी पठाउदैन त ? भन्ने प्रश्नमा कार्यालयका निमित्त प्रमुख डेगराज पौडेल भने पटक पटक माग गरेपनि पठाउने अत्तोपत्तो छैन । यसैगरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वेलवारीले आर्थिक बर्ष ०७३-०७४ मा १६ करोड ९७ लाख ३१ ह्जार ४ सय ९४ रुपैया राजश्व संकलन गरेको छ । ३१ हजार ७ सय २२ ग्राहक रहको बिद्युत प्राधिकरणले २ करोड २१ लाख १४ हजार १ सय ६९ यूनिट बिद्युत खपत गरको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia