काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर उपलब्ध गराउने चिनियाँ कम्पनी हुवेई सनलाइट इलेक्ट्रोनिक्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आर्बिट्रेटर मध्यस्थकर्ताले गरेको प्रतिस्थापन गर्र्ने निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको हो । पटक–पटक पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले कम्पनीको २ लाख ५५ करोड डलर बैंक जमानतसमेत जफत गरेको थियो ।
गुणस्तरहीन ट्रान्सफर्मर पठाएर कम्पनीले ‘लोड र नो लोड लस’ गराएको भन्दै पुनरावेदन गए पनि अदालतले मध्यस्थकर्ताकै निर्णय सदर गराएको थियो । निर्णयअनुसार प्रतिस्पर्धासमेत नगरेपछि यसको निर्णय कार्यान्वयनका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्राधिकरणको कानुन महाशाखा प्रमुख रमेश घिमिरेले जानकारी दिएको छ ।
गुणस्तरहीन ट्रान्सफर्मर पठाउने क्रममा भएको बदमासी स्वीकार गर्दै प्राधिकरणसमक्ष लिखित प्रतिबद्धता गरेपछि तीन वर्षअघि सेप्टेम्बरमा सञ्चालक समितिले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।अाजकाे काराेबारमा समाचार छ ।









