३० साउन, इटहरी / पछिल्लाे समय ब्यापारीक हब बन्दै गएकाे पूर्वकाे केन्द्र इटहरीमा सानदार बंग्ला स्थापना संगसंगै नया ब्यवसाय गर्नेहरूकाे लामबद्ध लाग्ने गरेकाे पाइएकाे छ । ब्यापारीक , र शान्तिशुरक्षाकाे दृष्टिकाेणले इटहरी पूर्वकै नमुना सहर समेत पेकाे कारण पछिल्लाे समय ब्यवसाय गर्नेहरूकाे घुइचाे लाग्ने गरेकाे हाे ।
१२ बर्ष अष्ट्रेलियामा अध्यन गरी सिकेकाे सिपलार्इ सदुपयाेग गर्दै अाफ्नै भुमिमा केहि गराै भन्ने उद्येश्यकासाथ केही रकम लगानी गरी इटहरीकाे बिराटनगर राेड अन्तर्गत मुख्य चाैकमा स्किल क्याम्पस हाेटल म्यानेजमेन्ट कलेजकाे स्थापना गरीएकाे साे कलेजका प्रबन्ध निर्देशक पृथवीराज पराजुलीले बताउनुभयाे ।
उक्त क्याम्पसमा हाेटल म्यानेजमेन्ट सम्बन्धी बिभिन्न उपयाेगी र सिपमुलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ती उत्पादन गर्ने र राेजगारीकाे नयाँ शिर्जना सुरूगर्ने समेत बताइएकाे छ ।









