बेइजिङ / मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ । चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । यसअघि अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो । सन् १९७० मा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।
बेइजिङको हार्बिन मेडिकल युनिभर्सिटी आवद्ध अस्पतालमा इटालीका ६१ वर्षीय चिकित्सक सर्जियो कानाभेरो र अमेरिकामा रहँदै आएका चिनियाँ चिकित्सक रेन झियोपिङले शल्यक्रियाको नेतृत्व संयुक्तरुपमा गर्नेछन् । शल्यक्रियामा करिब ८० चिकित्सकको टोली रहने जनाइएको छ । ईमेज खबरबाट









