३७ औं शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै शिब्स बोडिङ स्कूलका बालबालिकाहरु ।
३७ औं शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै शिब्स बोडिङ स्कूलका बालबालिकाहरु ।

२४ भदौ,  दिलिप साह सप्तरी । ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सप्तरीको राजविराजमा आयोजित कार्यक्रम हाँल खचाखच भरिएको थियो । यस्तो अवस्थामा राजविराज स्थित पवि उच्च माविका बालबालिकाहरु निर्धक्कसाथ आफ्नो गीतले अतिथिहरुलाई स्वागत गर्नुभएको छ ।

बालबालिकाको सुरिलो स्वर र गीत बोलले सहभागीहरुलाई मन्त्रमुग्ध मात्र बनाएनन्, तालीले प्रशंसा गर्न बाध्य बनाए । सामुदायिक विद्यालयका बालबालिकामा अतिरिक्त क्रियाकलाप कमजोर रहेको आमबुझाईलाई पविका बालबालिकाले चिर्दै उक्त कार्यक्रममा दुई वटा सामूहिक गीत गाएर सबैलाई छक्क पारेका छन ।

गीतमा सहभागी कक्षा १० की प्रितीकुमारी साह, बबिता झा, अलका झा, सिर्जनाकुमारी देव र कक्षा ७ की सिल्पीकुमारी बारीको सामूहिक गीतको प्रस्तुतीले हाललाई गुन्जमान बनाएको थियो ।सोही समारोहमा राजविराज स्थित शिब्स इन्टरनेशलन बोडिङ स्कूलका कक्षा ८की जया गुप्ता, कक्षा ७ की छाया दास र कक्षा ६ की साक्षी देवले ‘‘डाँफे झै नाच न …. नेपालकी छोरी हुँ म‘‘ गीतको बोलमा नृत्य प्रस्तुतीले बालबालिकाको प्रतिभा प्रस्फुटनमा थप बल पुर्याएको छ ।

बालबालिकाका ती दुई अलग–अलग प्रतिभाको प्रस्तुतीले कार्यक्रममा सहभागी अन्य बालबालिका, विद्यालय, अभिावक तथा शिक्षक सहित सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला शिक्षा अधिकारी शंकर लुइँटेल एवं सरोकारबालहरुको सोचमा परिवर्तन ल्याएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia