३ असोज, मोरंग। विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको छ ।मैथिली जन साँस्कृतिक मञ्च विराटनगर तथा सद्भावना महिला मञ्चको संयुक्त आयोजनामा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरुले दहेज प्रथाको अन्त्य एवम् भ्रुण हत्याको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा मैथिली सेवा समितीका उपाध्यक्ष फुल कुमार देव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य एवम् मैथिली गायिका प्रिती झा, मैथिली गायक विरेन्द्र झा, मनोज यादव,सन्जु कुमार खंग, मैथिली चलचित्र डायरेक्टर राजु चौधरी, भानुकला केन्द्रका प्रेम सुनाम, प्रचण्ड पौडेल, राकेश रोशन यादव, पुनम कर्ण, आशा झा, वन्दना चौधरी ,रन्जु पौदार लगायतको सहभागीता रहेको थियो ।
सोहि अवसरमा आशावादी कला केन्द्रकी संस्थापक माँया पौडेललाई उहाँले मैथिली भाषाको लागी गरेको योगदानको कदर गर्दै सम्मान पत्रले अतिथी धडेवाले सम्मान गर्नुभयो ।
तस्बिर: दिलिप धडेवाको फेसबुकबाट










