२१ मंसिर, युवराज विष्ट भोजपुर । राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट भोजपुरका ३ कृषक सम्मानित भएका छन् । जिल्ला कृर्षी विकास कार्यलय भोजपुरले सोमबार जिल्लाका उत्कृट कृषकलाई सम्मान गरेको हो । जिल्लामा रहेर ब्यवसायिक रुपमा खेती गर्ने कृषकलाई उत्कृट राष्ट्रपति पुरस्कारद्धारा सम्मान गरिएको हो ।
सम्मानित हुनेमा अन्नपुर्ण ८ का विष्णु प्रसाद अधिकारी , खावा २ का चन्डाल कुमार राई , र छिनामखु २ का प्रमोद राई रहेका छन् । उनिहरुलाई नगद दशहजार र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसै गरि जिल्लाका दश कृषकलाई हाते ट्याक्टर समेत वितरण गरिएको छ । ट्याक्टर पाएपछि कृषक हर्षित भएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जन कुमार शर्मा, स्थानिय विकास अधिकारी सीता परियार, जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचर्य, राजनैतिक दल, नागरिक समाज लगाएतको सहभागिता रहेको थियो ।








