
३० मंसिर, नरेन्द्र बस्नेत बेलबारी । स्थानीय सञ्चारमाध्यायम र सञ्चारकर्मीहरुको बिकासका लागी आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताएका छन । बिहिबार रेडियो बेतना ९७.१ मेगाहर्जले सञ्चालन गरेको एक हप्ते आधारभुत रेडियो पत्रकारिता तथा उदघोषण तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका पौडेलले सञ्चारको बिकास नभएसम्म ठाँउको बिकास सम्भव नहुने भएका कारण सञ्चार क्षेत्रको बिकासका लागी आफु निरन्तर लागीपरिरहने बताए ।
सञ्चार क्षेत्रलाई राज्यले समेत चौथो अंगका रुपमा परिभाषित गरेका कारण सञ्चाकर्मीहरुले समेत संयमित भएर कलम चलाउन समेत उनले सुझाब दिएका छन । कार्यक्रममा रेडियोका अध्यक्ष राजकुमार लिम्बुले सञ्चार क्षेत्रको बिकासका लागी यस्ता तालिमहरु आबश्यक रहेको औँल्याए । तालिमका मुख्य प्रशिक्षक तथा बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतले तालिम लिनु र दिनु मात्र ठुलो कुरा नभएको त्यसलाई ब्यबहारमा उतारेर कार्यन्वयन गर्न सकेमात्र तालिमको औचित्य हुने बताए ।
उनले यस्ता तालिम पत्रकारितामा रुचि भएका र केही गर्न चहानेहरुका लागी महत्वपुर्ण हुने समेत बताए । तालिम गत शुक्रबार शुरु भएको थियो । तालिममा २ दर्जन बढी प्रशिक्षार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा तालिम संयोजक उत्तम पोख्रेलले स्वागत मनतब्य ब्यत्त गरेका थिए ।








