इटहरी । तेह्रथुमको संक्रान्ति बजारमा एक हप्ता अघि भएको आगलागीबाट पिडित भएका व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यका साथ इटहरीका बिद्यार्थी एकजुट भएका छन । इटहरी स्थित कस्तुरी कलेजका बिबिएस दोस्रो बर्षका बिद्यार्थीहरु एकजुट भई आगलागी पिडितहरुको सहयोगमा अभियान संञ्चालन गर्ने भएका छन ।
उनिहरुले इटहरीका बिभिन्न कलेज तथा बिद्यालयमा पुगेर आगलागी पिडित सहयोगार्थ रकम तथा अन्य बस्तुहरु संकलन गर्ने छन । पहिलो सहयोग आफनै कलेजबाट २० हजार नगद उठेको बताउदै अभियान्त विरबल राईले यसरी नै पिडितहरुको सहयोगमा अन्य कलेज तथा बिद्यालय जाने बताए । आगलागीबाट संक्रान्ति बजारमा १५ बढी घर जलेर नष्ट भएको र सयौ परिवार घरवार बिहिन भएको अबस्थामा सानो राहतको लागी अभियान थालेको राईले बताए ।
अरुलाई दुख पर्दा हाम्रो पनि केही सहनुभुति बन्ने बताउदै राईले सहयोग संकलन अभियालाई परदर्शी बनाउन सोयम आफुहरु आगलागी भएको स्थानमा पुगेर सहयोग बितरण गर्ने योजना रहेको बताए । राईले इटहरी तथा अन्य स्थानमा रहेको सबै क्षेत्रलाई आगलगी पिडितहरुको सहयोगमा साथ र सहयोग गरिदिन आग्रह गरे ।









